You are viewing the translated version of पदबाट हटाउने.

Section 12
पदबाट हटाउने
(१) अध्यक्षले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरुपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम गरेको भनी प्रमाण सहित परिषद्का तत्काल कायम रहेका एक तिहाई सदस्यले विश्वविधालय परिषद्मा लिखित निवेदन दिन सक्नेछन्‌।
(२) उपदफा (१) बमोजिम निवेदन प्राप्त हुन आएमा त्यस्तो निवेदन उपर छानबिन गर्न एक्काईस दिनभित्र विश्वविद्यालय परिषद्ले सो परिषद्का सदस्यहरूमध्येबाट तीन सदस्यीय छानबिन समिति गठन गर्नेछ।
(३) उपदफा (२) बमोजिमको छानबिन समितिले छानबिनको क्रममा सम्बन्धित विज्ञको समेत सहयोग लिन सक्नेछ।
(४) उपदफा (२) बमोजिमको छानबिन समितिले छानबिन गर्दा अध्यक्षले आफ्नो पदीय जिम्मेवारी पूरा नगरेको, पद अनुरुपको आचरण नगरेको वा विश्वविद्यालयको हित विपरीतको कुनै काम: गरेको देखिएमा पदबाट हटाउन विश्वविद्यालय परिषद्‌ समक्ष सिफारिस गर्नेछ। त्यस्तो सिफारिस कार्य प्रारम्भ गरेको मितिले पन्ध्र दिनभित्र गरिसक्नु पर्नेछ।
(५) उपदफा (४) बमोजिम सिफारिस प्राप्त गरेको मितिले साठी दिनभित्र विश्वविद्यालय परिषद्मा तत्काल कायम रहेको बहुमत सदस्यले अध्यक्षलाई पदबाट हटाउने सम्बन्धमा निर्णय गर्नु पर्नेछ।
तर त्यसरी पदबाट हटाउने निर्णय गर्नु अघि विश्वविधालय परिषद्ले निज उपर लागेको आरोपको सफाइ पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(६) उपदफा (४) बमोजिम पदबाट हटाउन सिफारिस गरेको मितिदेखि सोको अन्तिम निर्णय नभएसम्मका लागि अध्यक्ष आफ्नो पदबाट स्वतः निलम्बन हुनेछ।